महाराजगञ्जमा विमलेन्द्र, शशांक र प्रकाशमानबीच कुराकानी

Spread the love

नेपाली कांग्रेसका उपसभापति, महामन्त्री र पूर्वमहामन्त्री छलफलमा जुटेका छन्।

कांग्रेसको १४ औं महाधिवेशन नजिकिएका बेला सभापतिमा तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको छ।

‘उहाँहरू भर्खरै आइपुग्नुभयो अब छलफल सुरू हुन्छ,’ महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने।

यसअघि यी तीन नेताहरू उपसभापति निधिको निवासमा कुराकानी गरेका थिए। महाधिवेशनसम्म नै छलफललाई निरन्तरता दिने त्यसबेला उनीहरूबीच सहमति थियो।

आजै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महाधिवेशन केन्द्रित बैठक राखेका छन्। दिउँसो २ बजे उक्त बैठक हुनुअगाडि अहिले निधि, कोइराला र सिंहबीच भेटवार्ता भएको छ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुँदैछ।

About The Author


Spread the love