झलनाथ खनाल बिरामी, नर्भिक अस्पताल भर्ना

Spread the love

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

खनाललाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।

ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ।

खनाललाई यसअघि कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए।

उनलाई पुन: स्वास्थ्यमा समस्या देखिएको छ।

About The Author


Spread the love