खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

Spread the love

केही सांसदहरूले सामूहिक राजीनामा दिनेलगायत समसायमिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठक बस्न लागेको छ।

खनाल-नेपाल समूहका एक स्थायी कमिटी सदस्यले बैठक बस्न लागेको भए पनि समय टुंगो भइनसकेको बताए।

‘भर्चुअल बैठक गर्ने कि भन्ने पनि भइरहेको छ,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। ओलीलाई विश्वासको मत पुग्न नदिने र वैकल्पिक सरकार बनाउन सहज वातावरण बनाउने उद्देश्य खनाल-नेपाल समूहका कम्तीमा २० जना सांसदले सामूहिक राजीनामा दिने तयारी भइरहेको छ।

About The Author


Spread the love