हाँसो ठट्टा गर्नेसँग भुतुक्कै हुन्छन् युवती

Spread the love

सामान्यतया युवा उमेर समूहका युवा युवती एक अर्कासँग आकर्षण हुन्छन् । केही व्यक्तित्व हेरेर, केही स्वभाव, अध्ययन आदी हेरेर आकर्षण हुने गर्छन् । तर एक अध्ययनका अनुसार हाँसो ठट्टा गर्ने युवासँग युवती बढी आकर्षित हुने गरेका छन् ।अध्ययन अनुसार जुन युवक हाँसो ठट्टा र रमाइलो गरिरहन्छन् त्यस्ता युवक सँग युवतीहरु भुतुक्कै हुन्छन् ।

उनीहरुले कुनै न कुनै बहानामा अरुलाई हसाई रहेका हुन्छन् । उनीहरुको छेउमा बस्ने कसलाई पनि उनीहरुले बोर फिल हुन नै दिँदैनन् त्यसैले त्यस्ता प्रकारका युवक सँग युवतीहरु भुतुक्कै हुन्छन् ।अवलोकन क्षमता राम्रो हुन्छः अध्ययन अनुसार, हाँसो–ठट्टा गर्ने मानिसहरुको अवलोकन गर्ने क्षमता राम्रो हुन्छ । त्यस्ता व्यक्तिहरुले आफ्नो वरिपरिका मानिसहरु र वस्तुहरुमाथि निकै नै ध्यान दिन्छन् र उनीहरुबारे राम्रो सँग बुझ्छन् । यसकारण उनिहरु प्रति कुनैपनि युवतीहरु सहजै आकर्षित हुन्छन् ।

सामाजिक भावना स् प्राय हाँसो–ठट्टा गर्ने व्यक्ति निकै सामाजिक हुन्छन् । उनीहरु कुनै पनि परिस्थितीलाई सहजै राम्रो मजाक बनाइदिन सक्छन् । यस्ता गुण हुँदा पनि युवतीहरु त्यस्ता व्यक्तिको नजिक हुन मरिहत्ते गर्छन् ।हाँसो ल्याइदिन्छन्ः कुनै पनि रमाईले व्यक्तिसँग कोहीपनि धेरैबेरसम्म रिसाइराख्न नै सक्दैनन् । रमाइलो गर्ने व्यक्तिले यस्तो व्यवहार गर्छन् की जसले तपाईंको अन्य व्यक्तिको रिस नै मार्दिन्छ । त्यसकारण पनि युवतीहरु त्यस्ता युवक प्रति बढी आकर्षित हुन्छन् ।

About The Author


Spread the love