रवि पत्नी निकिता पौडेल चितवनका एसपीसहित ३ जनाविरुद्ध जाहेरी दिँदै

Spread the love

काठमाडौँ — पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नी निकिता पौडेल प्रहरीमा जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी छन् ।

उनी बुधबार दिउँसो करिव साढे १ बजे महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन पुगेकी हुन्।
पौडेल विद्युतीय कारोबार ऐनअनुसार ३ जनालाई कारबाही गरिपाउँ भनेर उजुरी दर्ता गराउने तयारीमा छिन्। प्रहरीले यस विषयमा छलफल गरिरहेको छ।
पुडासैनी गएको साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

About The Author


Spread the love