शिक्षा विकासको कार्यालयमा गुलेली हान्ने युवा पक्राउ

Spread the love

शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको कार्यालयमा गुलेली प्रहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका-५ का ३० वर्षीय रमेश थारू रहेका छन्।

उनले बिहीबार कार्यालयमा गुलेली प्रहार गरी झ्याल ढोका फुटाएको प्रहरीले जनाएको छ।

थारूलाई गुलेली र गुलेली हान्न प्रयोग गरिने ढुंगासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

थारूविरूद्ध सार्वजनिक हित तथा नैतिकताविरूद्धको कसुर अन्तर्गत कारबाही थालिएको प्रहरीले जनाएको छ।

About The Author


Spread the love