भक्तपुरको नेपाल-कोरिया अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिँदै

Spread the love

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल आफैँले अक्सिजन उत्पादन गर्ने भएको छ।

नगरपालिकाले करीब रु ६० लाखका लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए।

अस्पतालमा अहिले ४३ जना कोरोना संक्रमित भर्ना भएर उपचार भइरहेका छन्।

दैनिक ७० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भएकाले आफैँले अक्सिजन उत्पादन गर्न प्लान्ट निर्माण सुरू गरिएको उनले बताए।

About The Author


Spread the love