अष्ट्रेलिया पठाइदिने बहानामा ७ लाख ठगेर फरार चलबहादुर पक्राउ

Spread the love

वैदेशिक रोजगारी ठगी मुद्दामा सजाय सुनाइएका एक जना ७ वर्षपछि पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धादिङको साविक सेर्तुङ गाविस–५ घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने वर्ष ४५ का चल बहादुर घलेलाई पक्राउ गरेको हो।

वैदेशिक रोजगार न्यायाधिकरणको गत २०६९पुस २४ गतेको फैसलाले घलेलाई १ वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो। उनलाई आइतबार नेपालटारबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत मार्फत कारागार कार्यालय सुन्धारा पठाईएको छ।

घलेले वैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाईदिन्छु भन्दै सात लाख रुपैयाँ लिएर फरार भएका सीआईबीले जनाएको छ।

Source: Nepalkhaber

About The Author


Spread the love