यति महँगो गाडी चढ्छिन् अभिनेत्री श्वेता खड्का

Spread the love

source : sajhasanjal

ठमाडौँ । लोकप्रिय अभिनेत्री तथा समाजसेवी श्वेता खड्काको अनेकौँ रहरहरू मध्य एक हो नयाँ नयाँ गाडी चलाउने, चलचित्र “कहाँ भेटिएला” बाट अभिनय यात्रा सुरु गरेकी खड्कालाई उक्त चलचित्रले नै सफल नायिकाको ट्याग पनि भिराइदियो । बहु चर्चित सबैको लोकप्रिय अभिनेता श्री कृष्ण श्रेष्ठ सँग लगनगाँठो कसेकी श्वेता खड्काको जीवनमा ठुलो बज्रपात त्यति बेला पर्‍यो जति बेला अभिनेता श्रेष्ठले हामी सबैलाई छाडेर यो संसारबाट बिदा हुनु भएको थियो ।

विवाह भएको १ महिना पनि राम्रोसँग बित्न नपाउँदै एक्लिएकी श्वेताको जिन्दगी नै अँध्यारो बन्यो,उनी भन्छिन् : त्यो समय अब त केही गर्न सक्दिन होला जस्तो लागेको थियो’ तर; फेरि बाँचेर आएँ म।चलचित्र कहाँ भेटिएला र कोहिनुरमा स्व. अभिनेता श्री कृष्णको जोडी बनेर पर्दामा देखिएकी श्वेतालाई पुन पर्दामा फर्किन मुस्किल पर्‍यो । अन्ततः स्व. श्रीमानको सम्झना “कान्छी” फिल्म निर्माण गरेर अभिनेता दयाहाङ राई सँग पर्दामा देखिइन् , चलचित्र सफल पनि बन्यो ।

श्वेता खड्का कलाकार मात्र नभई उनी एक सफल व्यवसायी पनि हुन् । हिमालय जाभामा उनको ठुलो व्यापार छ । सामाजिक कार्यमा समेत सक्रिय खड्काले सिन्धुपाल्चोकमा माझी बस्ती निर्माण गरेकी छिन् ।नेपाली कुन कलाकारले कस्तो गाडी चढ्छन्, कति महँगो गाडी चढ्छन् भन्ने सबैको मनमा लागेको हुन्छ । गाडीको मामलामा नायिका खड्का एक नं हुन् भन्दा फरक नपर्दा किनकि उनी भन्छिन् नयाँ गाडी देख्यो कि किन्न मन लाग्छ ।अहिले उनले चढिरहेको गाडीको मूल्य १ करोड हाराहारीमा पर्दछ ।

About The Author


Spread the love