विदेशी पर्यटकलाई बन्धक बनाएर लुट्नेमा काभ्रे कांग्रेसका नेता पनि, घटना गुपचुप!

Spread the love

भारतीय पर्टकटलाई बन्धक बनाएर लुटपाट गरेको अरोपमा महानगरीय प्रहरी वृत सोह्रखुट्ले ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने मध्ये दिलबहादुर दोङ भने काभ्रे कांग्रेसका स्थानीय नेता भएको पाइएको छ।

काभ्रेको मण्डनदेउपुर–१२ का दोङ काभ्रेमहासमिति सदस्य हुन्। उनीसहितको टोलीले पर्यटकलाई बन्धक बनाएर लुटपाट गरेको थियो। उनीहरुले पर्यटकलाई ट्याक्सी राखेर उत्तरढोका लगेर डेढ लाख भारु लुटी कोठामा बन्धक समेत बनाएको पीडितले बताएका छन्। 

एकसाता अघि पक्राउ परेका उनीहरुका बारेमा अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने प्रहरीले बताउँदै आएको छ। पक्राउ परेको यो समूह पेशेवर हुनसक्ने प्रहरीले जनाएको छ।

साभार

About The Author


Spread the love