रहेनन् बलिउड चलचित्र ‘शोले’का चर्चित भि’लेन ‘कालिया’
एजेन्सी । भारतीय सिने क्षेत्रका दिग्गज कलाकार विजु खोटेको निध’न भएको छ । उनी ७८ वर्षका थिए । उनले मराठी फिल्म सहित अन्य भाषाका फिल्ममा पनि काम गरेका थिए । सन् १९७५ मा रिलिज भएको सुपर हिट चलचित्र ‘शोले’को सदाबहार डाइलग ‘कालिका कितने आदमी थे?’ निकै फेमस रहेको थियो । उनले आफ्नो डाइलग ‘सरदार मैने तुम्हारे नाम किया है’ले नेपाली दर्शकको समेत मन जितेको थियो ।
बिरामीले थला परेपछी उनका विभिन्न अङ्गहरूले काम गर्न छाडेका थिए। सोमबार बिहान मुम्बईमा उनको निध’न भएको हो ।फिल्म ‘सोले’ पछि उनले आमिर खान–सलमान खानको फिल्म अन्दाज अपना अपनामा रोवर्टको भूमिका निर्वाह गरेका थिए । उनी बलिउडमा पहिले काम गरेर पछि मराठी फिल्ममा गएका थिए ।उनको बलिउडमा यात्रा ‘या मालक’बाट सुरु भएको थियो भने उनको अन्तिम फिल्म सन् २०१८ मा रिलिज ‘जाने क्युँ दे यारों’ रहेको छ ।