युरो २०२० : अन्तिम आठमा कुन-कुन टिमबीच हुँदैछ भिडन्त?

Spread the love

युरो २०२० को क्वार्टरफाइनल समिकरण पूरा भएको छ। बुधबार विहान अन्तिम १६ को अन्तिम खेल सकिँएसँगै अन्तिम आठमा पुग्ने आठ टिमको टुंगो लागेको हो।

अन्तिम आठमा बेल्जिमय, चेक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले स्थान पक्का गरेका छन्। 

अब क्वार्टरफाइनलका खेल आगामी शुक्रबारदेखि सुरु हुनेछन्। 

क्वार्टरफाइनलका खेल 

स्विट्जरल्यान्ड भर्सेस स्पेन – शुक्रबार राति ९:४५ बजे – सेन्ट पिटर्गवर्ग 

बेल्जियम भर्सेस इटाली – शुक्रबार राति १२:४५ बजे – म्युनिख

चेक गणतन्त्र भर्सेस डेनमार्क – शनिबार राति ९:४५ बजे – बाकु

युक्रेन भर्सेस इंग्ल्यान्ड – शनिबार राति १२:४५ बजे – रोम

About The Author


Spread the love