मेल्बोर्नमा दोहोरी ब्याटल सहित गल्बन्दी र पछ्यौरी साँझ हुँदै

Spread the love

कहिले सम्बेदनशिल गीत त कहिले मनोरञ्जनात्मक गीतहरु बजारमा पस्किनमा माहिर गायक प्रकाश सपूत बहुआयामिक कलाकार मध्ये अब्बल दर्जामा आउँछन् त्यसैको पछिल्लो कडिको रुपमा बोल मायाँ दोहोरी ब्याटल र गल्बन्दीलाई लिन सकिन्छ।

दोहोरी गीत भनेपछि उही परम्परागत शैली बुझ्दै आएको युवा पुस्तालाई गलबन्दी र दोहोरी ब्याटलले निरन्तरताको उत्कृष्ट क्रमभङ्ग गर्यो ।पछिल्लो समय युट्युब, टिकटक तथा अन्य सामाजिक सन्जालमा ट्रेन्डिङमा आउनु पनि एक उदाहरण हो।

लोकदोहोरीमा फरकपन प्रस्तुतीका साथसाथै नेपाली लोकगीतमा प्रयोग हुने ठेट बिम्ब, मेलोडी मिश्रित भाका र सरल शब्द रहेको कारण प्रकास सपूत अहिले चर्चामा छन् र उनलाई देश बिदेशका कार्यक्रममा भ्याईनभ्याई छ।

यिनै चर्चाको शिखरमा रहेका गायक प्रकाश सपूत अनि लोक ब्याटलमा उनलाई साथ दिएकी चर्चीत गायिका प्रिती आलेको साथमा रियालिटी सो बुगीउगीकी बिजेता कबिता नेपाली आगामी २५ अगस्टमा सोलाङ्चर र युनाईटेड फुटबल क्लबले सँयुक्त रुपमा आयोजना गरेको गल्बन्दी र पछ्यौरी साँझमा आफ्नो बेजोड प्रस्तुत दिन मेल्बोर्न आउने भएका छन्। ईस्टोनियन हाउसमा हुने सो कार्यक्रमको प्रि सेल टिकट $२०, डोर सेल $३० रहेको छ भने १० वर्ष उमेर मुनीका लागि निशुल्क प्रवेशको ब्यबस्था गरिएको छ। यस कार्यक्रमको अस्ट्रेलीया टुर ब्यबस्थापन भने अस्ट्रेलीयन नेप्लिज कम्युनिटी (ANC)ले गरेको हो। 

About The Author


Spread the love