मेचु धिमालले लेखिन् भावुक स्टाटस्….

Spread the love

काठमाडौँ  । हिमालयन टेलिभिजन बाट हरे शुक्रवार र शनिवार प्रसारण हुँदै आएको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ बाट मेचु धिमाल बाहिरिएकी छिन् । देशभक्ति गीत गाएर सबैको मनमा बस्न सफल मोरङ उर्लाबारीकी मेचु धिमाल हिजो कम भोटका कारण बाहिरिएका हुन् । टप ४ जना बाट मेचु सँग अन्य तीन जनाले पनि भ्वाइसको मञ्चबाट बिदा भए । ‘द भ्वाइस अफ नेपाल’को फिनाले यही आउँदो शुक्रवार काठमाडौँ चुच्चे पाटी स्थित हायत होटेलको ग्राउन्डमा हुने भएको छ ।

भ्वाइस बाट बाहिरिए सँगै मेचुले सबैलाई धन्यवाद दिँदै एक सन्देश सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । लेख्छिन् : “सबै सहयोगी मनहरूलाई मेरो हृदयबाटै हार्दिक नमन छ आज मेरो भ्वाइस अफ नेपालको यात्रा यही समाप्त भए तापनि मेरो सङ्गीतको साङ्गीतिक यात्रा भने सदा निरन्तर चलिनै रहनेछ मलाई हिजो रआज झैँ भोलिको दिनहरुमापनि यसै गरी धेरै माया अनि साथ दिईनै रहनुहुनेछ भन्ने आशा गर्दै अन्त्यमा फेरि पनि आदरणीय सम्पुर्णसम्पुर्णमा धेरै धेरै आभार प्रकट गर्दै आजको नतिजाबाट यहाँहरु कोही पनि दुखित नहुनुहुन अनुरोध गर्दछु । लभ यु ल”

About The Author


Spread the love