प्रिमियर लिगमा रेलिगेसनमा परेका तीन टिम

Spread the love

सिजनको इंग्लिस प्रिमियर लिगमा रेलिगेसनमा पर्ने तीन टिमको टुंगो लागेको छ।

सोमबार रातिको खेलमा पराजित भएपछि फुलहम रेलिगेसनमा पर्ने तेस्रो टिम बन्यो।

यसअघि वेस्ट ब्रुम र सेफिल्ड युनाइटेड पनि रेलिगेसनमा परेका थिए।

फुलहमलाई निर्णायक खेलमा वर्नलीले २-० गोलले पराजित गर्‍यो।

फुलहम रेलिगेशनमा परेसँगै साउथह्याम्टन, ब्राइटन र न्युकासल रेलिगेसनबाट बचेका छन्।

अन्तिम तीन चरणको खेलअघि  १८औं स्थानको फुलहमले २७ अंक जोडेको छ।

१९औं स्थानको वेस्ट ब्रुमको २६ अंक छ भने पुछारको सेफिल्डले १७ अंक मात्र जोड्न सकेको छ।

१७औं स्थानको साउथह्याम्टन र १६औं स्थानको ब्राइटनको अन्तिम तीन खेलअघि ३७-३७ अंक भएका कारण फुलहम रेलिगेसनमा परेको हो।

About The Author


Spread the love