नेपाल भारतको सिमानामा पुगेर गायक प्रमोद खरेलले लेखे यस्तो…

Spread the love

काठमाडौँ । गायक प्रमोद खरेल नेपाल भारत सिमानामा पुगेका छन् । कैलाली जिल्लाको दक्षिण धनगढी नजिक पुगेर तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । ‘सुदूरपश्चिम दार्चुला उत्तर कालापानी रोइरहँदा दक्षिण धनगढी नजिक सिमानामा हिजो पुग्दा तस्बिर लिन मन लाग्यो। राज्य र हामी जनता निरीह भइरहने हो भने के थाहा अर्को पटक यो स्तम्भ यहीँ रहला या नरहला ।’

उनले लेखेका शब्दले निकै गहिरो भाव बोकेको छ। राज्य संयन्त्र फितलो भइदिँदा नै नेपालले धेरै भूभाग गुमाएको छ। अव यस्तै अवस्था रहने हो भने भोलि नेपालले अझ कति जमिन गुमाउने हो ? त्यसको आकलन गर्नसमेत सकिन्न। प्रमोद यस्तो लेख्ने प्रतिनिधि पात्र मात्र हुन्। जनता र राज्य संयन्त्र दरिलो हुन नसके प्रमोदले भने जस्तो के थाहा भोलि धनगढीको सिमाना पनि मिचिने हो कि ?

About The Author


Spread the love