चाईनाको बाटो अस्ट्रेलिया आउन नपाइने आएको भेटिए भिसा क्यान्सिल हुने र थुनामा राख्ने !!

Spread the love

सागर भुर्तेल, सिड्नी

चीनको बाटो प्रयोग गरि अस्ट्रेलिया आउनेहरूलाई अस्ट्रेलियन सरकारले प्रवेश गर्न नदिने घोषणा गरेको छ।

अस्ट्रेलियन नागरिता, पिआर वा अस्ट्रेलियामा परिवारहुने आउन पाउने तर आएको खण्डमा १४ दिन सम्म आफुलाई सेल्फ आइसोलेशनमा राख्नु पर्ने छ । नागरिता, पिआर वा अस्ट्रेलियामा परिवारहुने बाहेक अरू कसैलाई पनि चाइनाको बाटो प्रवेश गर्न नदिने घोषणा गरेको अस्ट्रेलिया प्रधानमन्त्री स्कट मरिसनले जनाएका छन्। यदि उक्त बाटो बाट आएको भेटिएको खण्डमा भिसा खारेजगरी थुनामा राख्ने अष्ट्रेलियन सरकारको तयारी छ ।
चीनमा पहिलोपटक देखिएको नोबेल कोरोना भाइरस अहिले विभिन्न देशमा फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अस्ट्रेलियाले यस्तो निर्णय लिएको हो।यो व्यवस्था शनिबारदेखि नै लागू भइसकेको अस्ट्रेलिया प्रधानमन्त्री स्कट मरिसनले जानकारी दिए।उनले नाकाहरूमा यसका लागि सम्पूर्ण व्यवस्था गरिसकिएको र सरकारी अधिकारीहरू तथा प्राविधिक र विज्ञहरू पनि खटाइसकिएको बताए।अस्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरूलाई चीन भ्रमणमा नजानसमेत सूचना जारी गरेको छ।

यदि तपाइँ आफुले चिनेको कोहि आउदै हुनुहुन्छ भने कृपया यो सूचना सेयर गरिदिनु होला साथै टिकटलिई सकेकालाई खबर गरिदिनु हुन ट्राभेल एजेन्सी वा इजुकेसन कन्सल्टेन्सी हुने मित्र हरुलाई बिसेष अनुरोध छ ।

About The Author


Spread the love