अर्घाखाँचीको नरपानी मा कार दु’र्घ’टना ३ जनाको मि’र्त्यु २ को अवस्था गम्भीर

Spread the love

अर्घाखाँची : आज बिहान अर्घाखाँची को ठाडा नजिकै कार दु’र्घ’टना हुदा ३ जनाको ज्यान गएको छ ! २ जना गम्भीर घाइते भएका छन् ! रुपन्देहीको मुर्गियाबाट सन्धीखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्वरको कार सन्धीखर्क नगरपालिका वडा नम्वर ६ ठाडा देखि ३०० मिटर अगाडी (सन्धीखर्कतर्फ) दुर्घटना हुँदा तीन जनाको मृ’त्यु भएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

‘प्राइभेट कार दुर्घटना भएको हो । पाँच जना सवारमध्ये दुई जना घाइते छन्,’ डिएसपी विष्टले भने, ‘मृतकहरुको नाम खुलेको छैन, हामी बुझ्दै छौँ ।’घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीका अनुसार कार अनियन्त्रित भइ सडकदेखि करीब सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।  केहि दिन अगाडी दशैमा पनि सोहि  ठाउमा दुर्घटना भएको थियो !

हेर्नुहोस तस्बिरहरु    

About The Author


Spread the love