सोह्रखुट्टेको होटलबाट झण्डै ११ लाखसहित २५ जुवाडे पक्राउ

Spread the love


काठमाडौंको सोह्रखुट्टेबाट जुवा खेल्ने २५ जना पक्राउ परेका छन्।

मंगलबार प्रहरीको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको फेवा दर्शन होटलबाट २५ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

होटल सञ्चालक पिताम्बर गौतमसहित २५ जनालाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

एसएसपी सिंहका अनुसार उनीहरूबाट प्रहरीले १० लाख ९० हजार बढी रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले क्यासिनोमा खेल्न प्रयोग गरिने क्वइनहरू समेत बरामद गरेको छ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

About The Author


Spread the love