सिन्धुपाल्चोकको मेलम्चीमा आयोजनामा गोलीचल्यो, २ जना घा’इते…

Spread the love

काठमाडौँ । बिहीबार दिउँसो सिन्धुपाल्चोकको मेलम्चीमा गोलीचल्दा दुई जना घा’इते भएका छन् । भुक्तानीको माग गर्दे मेलम्ची खाने पानी आयोजना विरुद्ध मुहान क्षेत्र हेलम्बुको अम्बाथानमा आ’न्दोलन गरिरहेका कामदार र आपुर्तिकर्ता माथि गोलीप्रहा’र भएको हो । आन्दो’लन उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन रबरकोगोली र अश्रुग्यास प्रहा’र गरेको दाबी गरेको छ। उक्तघटना बिहीबार दिउँसो करिब ३ बजे  भएको हो। प्रहरीले आ’न्दोलन उग्र बनेपछि गोलीचलाएको दाबी गरे पनि आन्दो’लनकारीले भने शान्तिपूर्ण आन्दो’लनमा हस्तक्षेप भएको बताएका छन्।

हातमा गाेली लागेका मनाेज चाैधरी र बालमुकुन्द अधिकारीको क्षेत्रीय स्वास्थ्य चाैकी मेलम्चीमा उपचार भइरहेकाे छ। आयोजनाको पूर्व ठेकेदार इटालियन कम्पनी (सिएमसी) सँग बाँकी भुक्तानी नपाएको भन्दै आपूर्तिकर्ता मजदुर निरन्तर आन्दोलनमा छन्। बुधबार पनि उनीहरुले मेलम्ची बजार स्थित खानेपानीको कार्यालयमा घेराबन्दी गरेका थिए। मुहानस्थलमा रहेको अम्बाथानको सुरक्षापोष्ट पार गर्दै करिब ३ सयको संख्यामा सहभागी आन्दो’लनकारी मुहान क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

सो क्रममा आन्दो’लनकारीले ढुंगामुढा गरेपछि चेकपोष्टमा तैनाथ सशस्त्र प्रहरीको टोलीले ८/९ राउन्ड अश्रुग्यास प्रहा’र गरेको इलाका प्रहरी कार्यालय हेलम्बुका इन्पेक्टर मणिराम लामिछानेले बताए।

About The Author


Spread the love