रवि लामिछाने सहित तीन जनालाई पक्राउ गरिएको तरिका प्रति प्रजातान्त्रिक विचार समाजको धारणा सार्वजनीक

Spread the love

काठमाडौं । पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा प्रजातान्त्रिक विचार समाजको आफ्नो धारणा सार्वजनीक गरेको छ । समाजले पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा छानबिन अनुसन्धान  गर्न पत्रकार रवि लामिछाने सहित तीन जनालाई पक्राउ गरिएको तरिका प्रति  गम्भीर ध्यानाकर्षण  जनएको छ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदार नरसिंह केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो उल्लेख गरिएको छ। प्रजातान्त्रिक विचार समाजद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा छानबिन/अनुसन्धान  गर्न पत्रकार रवि लामिछाने सहित तीन जनालाई पक्राउ गरिएको तरिका प्रति  प्रजातान्त्रिक विचार समाज गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार लामिछाने कार्यरत सञ्चार गृहमा अनाधिकृत रुपमा प्रहरी प्रवेश गरी पक्राउ गर्नुलाई यो समाज सञ्चार गृहको स्वायत्त मर्यदा माथि हस्तक्षेप हो भन्ने मान्दछ र यो घटनाले कुनै पनि बेला कुनै पनि व्यक्ति पार्नसक्ने सञ्चार गृह माथि प्रहरी हस्तक्षेप गराइने र गर्ने सम्भावना स्पष्ट भएको ठान्दछ ।

प्रजातान्त्रिक विचार समाज कानुनी राज्य र विधिको शासनमा अटुट विश्वास राख्दछ पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा विरोधाभाषी अनेक प्रकारका चर्चा सार्वजानिक भएका छन् । यस कारण यो विषयमा गम्भीर र निष्पक्ष अनुसन्धान होस भन्ने माग गर्दछ । सरकारले निष्पक्ष अनुसन्धानको लागी संलग्न प्रहरी प्रशासनलाई निर्देश गरोस भन्ने पनि हाम्रो आग्रह छ । सरकार र गृह प्रशासन वा राज्ययन्त्रप्रति जनतामा बढ्दो अविश्वासका कारण अनुसन्धान प्रति नै पूर्ण विश्वस्त हुन नसकेको परिणाम चितवनका स्थानीय देखि देशभरका नागरिक आन्दोलित भएका छन् ।

प्रजातान्त्रिक विचार समाज आन्दोलन दबाउन भन्दा अनुसन्धानमा भरपर्दो र विश्वसनीय एवं पारदर्शी बनाउनुपर्ने मान्यता राख्दछ र, कोही पनि निर्दोष व्यक्तिलाई फस्नु ,फसाइनु हुदैन भन्ने कानुनी मान्यताको सर्मथन गर्दछ ।पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप विवादास्पद भिडियोको आधारमा लगाइएको प्रहरीकै दावी छ । विचार समाज न्यायपूर्ण समाजको स्थापनामा समर्पित हुन सरकारलार्ई हार्दिक आग्रह गर्दछ ।पत्रकार लामिछानेले अनुसन्धान कार्यलाई पूर्ण सहयोग गर्छु भनिरहेको सन्दर्भमा सरकारले  विश्वसनीय र भरपर्दो अनुसन्धान गरोस र निर्दोष नफसुन भन्ने यो समाज अपेक्षा छ । अन्यथा प्रजातान्त्रिक विचार समाज समेतका विभिन्न नागरिक समाज सार्वजनिक विरोधका कार्यक्रम गर्न बाध्य हुने जानकारी समेत गराउदछ ।

About The Author


Spread the love