भोलिदेखि २५ सिट बढी क्षमताका सार्वजनिक यातायात जोर-बिजोर गरी चलाउन पाइने

Spread the love

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ।

सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले २५ सिट बढी क्षमता भएको सवारी साधनलाई चलाउन दिने निर्णय गरेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ उमाकान्त अधिकारीले जानकारी दिए।

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चलाउन दिने निर्णय गरिएको हो।

२५ सिट बढी क्षमता भएका सार्वजनिक सवारी साधनलाई जोर-बिजोर प्रणाली अनुसार चल्न दिने निर्णय प्रशासनले गरेको हो। लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन।

About The Author


Spread the love