पानीको हाहाकार भएपछि अस्ट्रेलियाले १० हजार ऊँट गोली हानेर मार्ने निर्णय

Spread the love

पानीको हाहाकार भएपछि अस्ट्रेलियाले १० हजार ऊँट गोली हानी मार्ने भएको छ।

हाल दक्षिण अस्ट्रेलियामा पानीको हाहाकार मच्चिएको छ।

सुख्खा मौसमका कारण पानी पाउन मुश्किल भइहेको समयमा ऊँटहरुले धेरै पानी पिउन थालेपछि पानीको समस्या झनै बढेपछि स्थानीयले ऊँट मार्न आग्रह गरेका थिए।

यसअघि पनि अस्ट्रेलियामा ऊँट मार्ने चलन छ। जनसंख्यालाई नियन्त्रण गर्न अस्ट्रेलियामा ऊँट मार्ने गरिन्छ।

यी १० हजार ऊँटहरु हेलिकप्टरबाट गोली हानी मारिने एबीसी न्युजले जनाएको छ। दश हजार ऊँट मार्न पाँच दिन लाग्ने जनाइएको छ।

अस्ट्रेलियामा ऊँटको संख्या १० लाख २० हजार हाराहारीमा छ। १९ औं शताब्दिमा ऊँट अस्ट्रेलियामा अफगानिस्तान र भारतबाट भित्र्याइएको थियो।

About The Author


Spread the love