अब चलचित्रमा पनि टुइन्स गर्ल प्रिन्सी-प्रिज्मा [ भिडियो ]

Spread the love

काठमाडौँ । जुम्ल्याहा दिदीबहिनी  टिकटक हुँदै म्युजिक भिडियो र विज्ञापनहरूमा सफल हुँदै आएका प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा अब एक नेपाली चलचित्रको एउटा गीतमा देखिने भएका छन् । प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’को छेकोमा फागुन २ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘लभ डायरिज’ को एक गीतमा यी दुई फिचर्ड रहनेछन्। दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको आवाजमा रहेको ‘छम छम’ बोलको गीतमा सुशील श्रेष्ठको साथमा यी दुईले कम्मर मर्काएका छन्।

गीतमा अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको छ। प्रविन सिंहको कोरियोग्राफी रहेको भिडियोमा रुविना थापा र विश्वजित रिमाल पनि फिचर रहेका छन्। प्रिन्सी प्रिज्माको यो पहिलो चलचित्रको गीत हो। सौरभ चौधारिको निर्देशन रहेको चलचित्रमा शाहील खान सह-निर्देशकको रुपमा रहेका छन्। विनोद सापकोटा निर्माताको रुपमा रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रुपमा रहेका छन्। भिडियो हेर्नुहोसः

About The Author


Spread the love