माधव नेपाल समूहका २७ एमाले सांसद र जसपाका १३ जनाले गरे देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर

Spread the love

नेपाली कांग्रेसका सभापति शेरबहादु देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्तुत गर्ने भएका छन्।

शुक्रबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बसेको गठबन्धनको बैठकमा हस्ताक्षर संकलन गरेर उनीहरू शितल निवास गइसकेका छन्।

देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका २७ सांसदले हस्ताक्षर गरेका छन्। वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत माग्दा  नेपाल समूहका २७ जना सांसद अनुपस्थित थिए।

देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्तावमा जनता समाजवादी पार्टीको उपेन्द्र यादव, बाबुराम भट्टराई समूहका १३ जनाले हस्ताक्षर गरेका छन्। 

About The Author


Spread the love