भेन्टिलेटरमा उपचाररत् काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

Spread the love

कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको बुधबार राति मृत्यु भएको हो।

उनी पन्ध्र दिनदेखि अस्पताल भर्ना भएका थिए। उनको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालका सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोलाले बताए।

About The Author


Spread the love