बाजुरामा बालिकालाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा दुई जना पक्राउ

Spread the love

प्रतीकात्मक तस्बिर।
प्रतीकात्मक तस्बिर।

बाजुरामा बालिकालाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्।

सोमबार त्रिवेणी नगरपालिका ९ मलालगाउँमा विवाहमा नाचगान गरिरहेको समयमा सोही ठाउँका १४ र १६ वर्षीया बालिकालाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा सोही नगरपालिका-८ का १६ वर्षीय सुमन गिरी र शिखर थापालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले ती बालिकालाई गोप्य ठाउँमा लगेर पेट्रोल छर्केर आगो लगाएर भागेका थिए।

१४ वर्षीय बालिका भागेर स्थानीयलाई खबर गरेपछि उनीहरूले आगो निभाएका थिए। घटनामा दुबै बालिका घाइते भएका छन्। प्रहरीका अनुसार १६ वर्षीय बालिकाको ढाड र कम्मर जलेको छ।

पक्राउ परेकामाथि तेजाब प्रयोग गरी अंगभंग गर्न नहुने कसुरमा मुद्दा दर्ता गरेर कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

About The Author


Spread the love