पशुपती शर्माको नयाँ गित ‘कल्ले कान फुक्यो र ?’ सार्वजनिक (भिडियो सहित)

Spread the love

काठमाण्डौ / आफ्ना हरेक गीतमा नयाँपन दिने लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले शान्ता परियारसँगको सहकार्यमा ‘कल्ले कान फुक्यो र ?’ बोलको गीत बजारमा ल्याएका हुन्। गीतको शब्द तथा लय पशुपति स्वयंले तयार पारेका हुन्। गीतको भिडियो पशुपतिले शुक्रवार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

गीतमा पशुपति र शान्ताले स्वर मात्र दिएका छैनन्। अभिनय पनि आफै गरेका छन्। गीतको भिडियो का दृश्यहरू आकर्षक छन् भने दुवैको अभिनय गज्जब देखिन्छ। सुमन थापाको कोरियोग्राफी रहेको भिडियो लाई दुर्गा पौडेलले छायाङ्कन तथा निर्देशन गरेका हुन्। भिडियो सम्पादन भने नवीन घर्ती मगरको रहेको छ। पशुपति र शान्ताको यो पहिलो सहकार्य हो। भिडियो हेर्नुहोसः

About The Author


Spread the love