नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

Spread the love

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । मध्यरातमा भट्टराईको निधन भएको खबर प्राप्त भए पनि मृत्यु हुनुको कारण जानकारीमा आएको छैन । 

यद्यपी हृदयघातका कारण निधन भएको ओम अस्पताल स्रोतले जनाएको छ ।

विरामी भएपछि भट्टराईको ओम अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको कलाकार तथा संचारकर्मी रन्जित पौडेलले बताए । विस्तृत जानकारी लिने प्रयास गर्दा अधिकांश कलाकारको मोबाइल स्वीच अफ थियो । २०७५ चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई वोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष हुनुअघि भट्टराई लामो समयदेखि चलचित्र निर्माण तथा अभिनयमा व्यस्त थिए ।आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु लगायतका हिट चलचित्र भट्टराईले निर्माण गरेका हुन् । पछिल्लो पटक २१ चैतमा उनले निर्माण गरेको नयाँ चलचित्र ’यात्रा’ प्रदर्शन भएको थियो ।यसअघिकी अध्यक्ष निकिता पौडेलले २२ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।एक दिनअघि मात्रै अर्का कलाकार दिपक क्षेत्रीको निधन भएको थियो ।

About The Author


Spread the love