ओमानबाट ल्याइयो पाँच सय ६० थान अक्सिजन सिलिण्डर

Spread the love

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर निगमको वाइड बडी ए ३३० जहाजले शनिबार बेलुकी काठमाडौँ ल्याएको हो।

अक्सिजन सिलिण्डर लिन निगमको जहाज मस्कट गएको थियो।

यस्तै चीनको बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज गए राति ११ बजे त्यसतर्फ गएको छ।

About The Author


Spread the love